अब भाषा, संस्कृति र भेष खारेज गरौं ! अपराधी र हत्यारालाई, छुट दिनुपर्छ ! अदालतमा विचाराधीन, केस खारेज गरौं !! छुट्टै प्रदेश माग्नेहरुको, बोलवाला छ अहिले ! छुट्याएर नेपालबाट, मधेस खारेज गरौं !! के हुन्छ र पहिचानले, मेट्दै जानुपर्छ ! ढिलो चाँडो यसैगरी, देश खारेज गरौं !!
देश खारेज गरौं !
Monday, September 12, 2011 |
रचना विधा :
साहित्य
Read User's Comments(0)
by
Neel Khadka
सराप्छ कि !!
Monday, September 12, 2011 |
रचना विधा :
साहित्य
वर्षा मास उर्लिआउने, खहराले सराप्छ कि ! सधैं शितल बनाइदिने, छहराले सराप्छ कि !! घाँस, दाउरा, मेलापात, सँगै हुन्थ्यौं सधैंभरि !
नपाउँदा देख्न अचेल, पहराले सराप्छ कि !!
बनाइन्थ्यो थाँग्रो कति, काँक्रा, फर्सी लौकालाई !
अहिले भूईंमै लत्रिएका, लहराले सराप्छ कि !!
ठूला ठूला महलको, अभिलाषा बोकी हिँड्दा !
दिएकैथ्यो सधैं ओत, टहराले सराप्छ कि !!
by
Neel Khadka
दशैं
Saturday, September 25, 2010 |
रचना विधा :
साहित्य
हुनेलाई सधैँ उस्तै,
खुसीसँगै मोज दशैँ !
देखाउने चाड जस्तै,
थरिथरि भोज दशैँ !!
नहुनेलाई खान निस्तै,
वर्ष दिनको बोझ दशैँ !!
घाँटी हेरी हाड निलौं,
जस्तो सक्छौ, रोज दशैं !!
by
Neel Khadka
Subscribe to:
Posts (Atom)






