नेपालको पत्रकारिता मिसनबाट अब पेसागत बन्दै गएको छ । २०४६ साल र २०६२-०६३ को लोकतान्त्रिक आन्दोलनपछि संचार माध्यममा खासगरी ठूला लगानीकर्ताको प्रवेससँगै पत्रकारिताले व्यावसायिक आवरण पाएको हो । अब कुनै दल वा संस्थाको टोपी लगाएर उनीहरुतर्पु ढल्कनुपर्ने वातावरण छैन । हुन त साचारमाध्यमलाई व्यावसायिक बनाउने दायित्व त्यसको लगानीकर्ता व्यवस्थापन समूह र त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको हो । उनीहरुको कि्रयाशिलता र प्रस्तुतिले नै साचारमाध्यम व्यावसायिक छ वा छैन भन्ने प्रष्ट हुन्छ । तर पनि कुनै पार्टी वा संस्थाविशेषको टोपी नलगाउँदैमा वा त्यसको छाता नओढ्दैमा संस्था व्यावसायिक बन्ने होइन् । संस्था व्यावसायिक बन्न त्यसले अंगालेको नीति र पत्रकारको हितअनुकूल हुनुपर्छ । संस्था आपुू व्यावसायिक बन्न खोज्ने तर उसले अंगालेको नीति अथवा प्रणाली नै लागू नगरी पत्रकार मर्कामा परेर परनिर्भर बन्ने स्थिति बन्छ भने त्यसलाई व्यावसायिक संस्था भन्न सकिँदैन । संस्था व्यावसायिक बन्न उसले आपुनो संस्थामा कार्यरत सहकर्मीका लागि उपयुक्त नीति अंगाल्नुपर्छ । जनशक्ति खुसी भएमात्र तिनीहरुले गर्ने काममा पनि गुणस्तर आउँछ । गिरेको मनोबलले कसैले केही काम गर्न नसक्ने पक्का छ । त्यसैले एउटा दक्ष व्यवस्थापन वा व्यावसायिक संस्थाले सहकर्मीका लागि उपयुक्त नीति नियम बनाउँछ । साचयकोषको व्यवस्था वार्षिक तलबबृद्धि बढी काम गर्नेलाई भत्ता पारदर्शी पुरस्कार देश विदेशमा अध्ययन-अध्यापन र तालिम सहकर्मीहरुको मनोबल बढाउने मनासिब उपाय हुन् । एउटा व्यावसायिक संस्थाको सम्पति भनेको त्यहाँ काम गर्ने दक्ष जनशक्ति नै हो । जति पुरानो संस्था भए पनि सहकर्मी कर्मचारी कच्चा र कम अनुभवी छन् भने त्यो संस्थाले ठोस उपलब्धी हासिल गर्न सक्दैन । कुनै एउटा अमूक संस्थाबाट कर्मचारी बाहिरिन्छन् वा सधैं अन्य अवसरको खोजीमा रहन्छन् भन्नुको अर्थ के हो भने त्यो संस्थाले अंगालेको नीति जनशक्तिअनुकूल छैन, त्यो संस्था कम व्यावसायिक छ भनेर बुभुन सकिन्छ । संस्थाले आपुूबाट बाहिरिएका सहकर्मीको समेत प्रशंसा बटुलेर तिनीहरुबाट आपुनो संस्थाको प्रचार गर्ने वा तिनलाई समेत नजिक राख्ने प्रयत्न गर्नुपर्छ । संस्थामा नयाँ जनशक्ति नियुक्त गर्दा वा अवकाश दिँदा सबैलाई जानकारी गराइ बिदा र स्वागतको परिपाटी बसाल्नुपर्छ । जुन संस्थाले सहकर्मीको इज्जत गर्छ परिणामस्वरुप सहकर्मी पनि संस्थाप्रति उत्तरदायी हुन्छन् ।
कस्तो हुनुपर्छ संचारगृह ?
नेपाली भाषा र विद्युतीय सञ्चारमाध्यम
भनिन्छ, मानिसको जात, संस्कृति र भाषा कहिल्यै शुद्ध हुन सक्दैन । कहिल्यै पनि मिसावटरहित हुन नसक्ने मानिएका जाति, भाषा र संस्कृतिका नाममा अहिले नेपालमा भने राजनीति रुमल्लिरहेको छ । जाति, भाषा र संस्कृति स्थिर रहने बिषय होइनन्, तर तिनीहरुको पहिचान मेटिने गतिमा परिवर्तन गर्न खोजियो भने त्यो पनि स्वीकार्य हुन सक्दैन । इतिहास नभएको देश, पहिचान नभएको जात, मौलिकताबिनाको संस्कृति र स्थिरता नभएको भाषाको अस्तित्व हराएर जान्छ ।
अर्कोतर्फ, भाषामा समयानुकुल सुधार, संस्कृतिमा परिमार्जन, जातिय पहिचानको प्रवर्द्धन र इतिहासमा उल्लेख गर्नलायक ढंगले देशको विकास गरिएन भने तिनको अस्तित्वमा पनि प्रश्न उब्जिनेछ । मानिसले वर्तमानलाई जति प्रेम गर्छ, भविष्य र विगत पनि उत्तिकै प्यारो ठान्छ । आफ्नो पुर्खाको बहादुरीका कथामा रमाउन र सन्ततिको समुन्नतिको रेखा कोर्न मरिमेट्नुका पछाडिको कारण यही नै हो । नेपालमा देखिन खोजेका जातिय द्वन्द्वका सङ्केतमात्र होइन, विश्वमा देश, जात, संस्कृति र भाषाका लागि अनेकौं लडाइंका उदाहरण पनि प्रशस्तै छन्। यस्तै नाममा पछिल्लो अवधिमा अफ्रीकी राष्ट्र रुवाण्डा, युरोपका बोस्निया हर्जगोभिनामा ठूला नरसंहारका घटनासमेत भएका छन् । विनास मात्र होइन, यिनकै आधारमा मानिसले शान्ति र सभ्यताको खोजी पनि गर्दै आएका छन्, शायद यो क्रम मानव सभ्यताको प्रारम्भदेखि चलिरहेको थियो र चलिरहनेछ । नेपालमा अहिले लगभग सय वटा भाषाको अस्तित्व रहेको अनौपचारिक जानकारी दिइने गरिएको छ । तीमध्ये कतिपय भाषाको लिपिसमेत विकास भएको छैन भने कतिपयको व्याकरण बन्नै बांकी छ । त्यसैले यस्ता धेरै भाषाका शब्दको प्रयोगमा एकरूपता पनि छैन । भावना, रहर र लहड भए पनि मातृभाषामा दिइने शिक्षाका योजनाहरु अझै अलपत्र छन् । कुन भाषामा के पढेर के बनिन्छ भन्ने अन्योल पनि उत्तिकै छ । कोही प्रष्ट पनि होला तर आकाङ्क्षा, योजना र व्यवहारबीच तालमेल पटक्कै देखिंदैन ।
पृथ्वीनारायण शाहको नेतृत्वमा वर्तमान नेपालको आकार दिने काम भएपछि अन्य भाषाले उत्थान गर्ने मौका नपाएको भन्ने अचेल धेरै सुन्न पाए पनि नेपालको यो स्वरुप बन्नुभन्दा सयौं बर्षअघि यो क्षेत्रको सम्पर्क भाषा के थियो ? नेपाली भाषाको उत्पत्ति र विकास राज्यको संरक्षणमा मात्र भयो कि कुन तरहले भयो - करिब आठ सय बर्ष किरा“तीहरुले नेपाल राज्यमा शासन गर्दा त्यसबेला सम्पर्क भाषा के थियो र अहिले सबैको सम्पर्क भाषाका रूपमा स्थापित नेपाली भाषा कहिलेदेखि के कारणले विस्तार भयो - अब नेपाली भाषाबाहेक नेपालभित्र कै अन्य भाषा सम्पर्क भाषाका रुपमा विकास हुनसक्ने अवस्था छ कि छैन ? जस्ता प्रश्न पनि विचारणीय छन् ।
कुरा नेपाली भाषाको
यस्ता प्रश्नलाई छोडेर अहिले हामीले सर्म्पर्क माध्यम बन्दै आएको र बनिरहेको नेपाली भाषाका बारेमा केही कुरा उल्लेख गर्न चाहन्छु । नेपाली भाषाको मानक तयार गर्ने काममा करिब २ सय बर्षअगाडि अर्थात सन् १८११ मा प्रकाशित कर्क प्याटि्रकले तयार गरेको नेपालको इतिहास वा वंशावलीसम्बन्धी विवरणको पृष्ठभागमा नेपाली शब्दहरुको समेत सूचि दिएको र त्यसको नौ बर्षपछि सन् १९२० मा कलकत्ताबाट उनैले प्रकाशन गरेको नेपाली व्याकरणको पुस्तकलाई धेरैले उल्लेख गर्ने गरेका छन् । अहिले हामीले उच्चारण र शब्दार्थका लागि मानकका रूपमा प्रयोग गर्दै आएको र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४० सालमा बृहत् नेपाली शब्दकोष तयार गर्दा पनि यी आधारहरुलाई उल्लेख गरेको छ । नेपाली भाषाको उद्गम र विकास शताब्दियौं अगाडिदेखि नेपालभित्रै भएको हो । नेपाली भाषालाई भारतीय उपमहाद्वीप र यूरोपको साझा सम्बन्धबाट विकास भएका भाषाहरुको समूहमा राखिएको छ । यसैले यसमा युरोपदेखि यस क्षेत्रसम्मका थुप्रै भाषाका शब्दहरुले प्रशस्तै प्रवेश पाएका छन् । अर्को शब्दमा भन्नुपर्दा नेपाली भाषा निर्माणमा अन्य भाषाको पनि योगदान रहेको छ । नेपालभित्र बोलिने कतिपय भाषा भोट बर्मेली समूहका छन् । तीमध्ये धेरै भाषाहरुको लिपि र व्याकरण विकास हुन अझै बांकी छ । तर पनि नेपाली भाषाको विकासमा नेपालभित्र बोलिने अन्य भाषाको पनि उल्लेखनीय योगदान भने रहंदै आएको छ । नेपाली भाषामा नेपालभित्र बोलिने अन्य भाषाका शब्दहरु प्रशस्त मात्रामा प्रयोग हुने गरेका छन् । यसरी प्रयोग भएका शब्दहरु कतिपय जस्ताको तस्तै र कतिपय परिमार्जित रुपमा रहने गरेका छन् ।
नेपाली भाषाको मूल आधार र व्याकरण संस्कृत भए पनि यसमा अरबी, अङ्ग्रेजी, तुर्केली, जापानी, ग्रिक, चिनीयां, फारसी, उर्दू, हिन्दी, स्पेनी, फ्रान्सेली, बंगाली शब्दको सहज प्रयोग भएको पाइन्छ । विगतमा सबैभन्दा बढी मात्रामा अरबी, फारसी, अंग्रेजी र उर्दूबाट आएका शब्दहरु नेपाली भाषामा समाहित भएको पाइन्छ । तर अचेल हरेकजसो आधुनिक आविस्कार युरोप-अमेरिकाबाट हुने गरेको र सञ्चारको दुनियांमा (दुनियां यो फारसी शब्द हो) अंग्रेजी भाषाको बाहुल्यता बिस्तार हुंदै आएकाले नेपाली भाषामा पनि अङ्ग्रेजी कै आगन्तुक शब्द हरेक बर्ष थपिने गरेका छन् । नयां आविस्कारका वस्तुको नामाकरण अंग्रेजीमा गरिनुसंगै नेपाली भाषाका अध्येताहरु जागरुक नभएका कारण तिनको नेपाली नाम दिने काम पनि कम मात्र हुने गरेको छ । दिइएका कतिपय नामहरु असजिला भएकाले प्रयोगमा आउन नसकेका उदाहरण पनि पाइन्छ, जस्तै कम्प्यूटरलाई साङ्ख्यिकी नाम दिइयो तर कम्प्यूटरका सामू साङ्ख्यिकी धेरै दिन टिक्न सकेन । हामीले अब टेलिफोनलाई दूरभाष भनेर हाम्रा गाउंघरका आफन्तलाई नै बुझाउन नसक्ने भइसकेका छौं । अझसम्म त अंग्रेजीको पासपोर्टलाई राहदानी भनिरहेका छौं तर नेपालका कुना कन्दराबाट धेरैले प्रवेशाज्ञा होइन 'भिषा' विदेश जाने मौका पाइसकेका छन् । यस्ता उदाहरणले के छर्लङ्ग पार्छन् भने नेपाली भाषामा पनि अन्य भाषाबाट जस्ताको तस्तै ग्रहण भई प्रयोगमा रहेका छन् । यो हाम्रो मात्र समस्या होइन । विश्वव्यापीकरणले अझ भनौं अङ्ग्रेजीकरणले अन्य भाषामा पनि यस्ता समस्या ल्याएको छ । हाम्रा पितापुर्खाले त धेरैपछि निवृत्तिभरणको बदला पिल्सिङ थापेका हुन् । भारतीयहरुले अङ्ग्रेजको पेन्सन पहिलेदेखि नैं थाप्दै आएका हुन् । स्क्वासलाई इस्कुस वा टम्याटोलाई टमाटर भनिए जस्तै कतिपय शब्द नेपालीकरण भएका छन् । पछिल्लो कालखण्डमा अन्य भाषाका शब्दलाई नेपालीकरण गर्ने भन्दा जस्ताको तस्तै प्रयोग गर्ने चलन बढेको छ । यसो हुनमा प्रयोगकर्ता लापरवाह देखिए भन्नु मात्रले पुग्दैन, हाम्रा भाषाविद्हरुको जांगर पनि कम भएको देखिन्छ । हुन त हरेक भाषामा प्रयोगमा नआएका शब्द क्रमश बिस्थापित हुंदै जाने र नयां शब्दहरु थपिंदै आउने हुन्छ । धेरै प्रयोगमा नआएका शब्दहरु पनि शब्द भण्डारमा रहिरहन्छन् । जुनसुकै भाषाको पनि शब्द भण्डार यसरी नैं समृद्ध हुंदै जाने गर्छ । जसरी हिन्दी भाषामा नेपालीका र अंग्रेजी भाषामा उर्दूका शब्दहरु राखेर पत्रकारिता गर्न पाइदैन, त्यसैगरी नेपाली भाषामा पत्रकारिता गर्दा आफ्ना भाषाका शब्द हुँदाहुँदै सजिलोका नाममा अन्य भाषाका शब्दहरु थोपर्नु सरासर अन्याय ठहर्छ ।
मिसावटभित्र शुद्धताको खोजी
माथि भनिए झैं जाति, भाषा र संस्कृतिमा जतिसुकै मिसावट भए पनि त्यहां शुद्धता, पहिचान र मौलिकता कायम राख्ने कोसिस पनि भइरहेको हुन्छ । जसरी कुनै देशमा बाहिरिया मानिस जति आए पनि त्यहांको इतिहास, संस्कृति र परम्परा छोडिंदैन अर्थात् अर्को शब्दमा भन्दा जति पाहुना आए पनि चलन सोही घरको कायम गरिन्छ । यो प्रयास हरेक देश, हरेक भाषा, हरेक संस्कृति र समाज भइरहेको हुन्छ । हामी नेपालीले पनि यो कोसिस गर्दै आएका छौं र आफ्नो अस्तित्वका लागि यो गर्नु आवश्यक पनि छ । तर सञ्चारको विकाससंगै अन्य भाषाको बढ्दो प्रभाव र प्रयोगले नेपाली भाषाको शुद्धतालाई खल्बल्याउन थालेको छ । पछिल्लो समयमा नेपाली भाषाप्रतिको अज्ञानता बढेको मात्र होइन, यसको प्रयोगमा हेलचेक्र्र्याइं पनि उत्तिकै देखिन्छ । ज्ञानको अभाव भनौं वा भाषाप्रतिको बेवास्ता, लेखाइ र बोलाइ दुबैमा प्रशस्तै देख्न र सुन्न पाइन्छ । बोलीचालीको भाषामा समाचार दिनुपर्छ भन्ने नाममा भाषामाथि अन्याय हुन थालेको छ । सडकबाट शब्द टिपेर जथाभावी बोल्ने गर्नाले सञ्चारमाध्यम र सञ्चारकर्मीको स्तरमा ह्रास आएको मात्र नभई भाषासमेत बिग्रिन थालेको छ । नेपाली सिकेका विदेशीहरुले हाम्रा सञ्चारमाध्यमले प्रयोग गर्न थालेको भाषा नबुझने भएका छन् । अरुका भाषा सिक्नु र जान्नुले व्यक्ति मात्र होइन, उसको मातृभाषा र प्रयोगको भाषालाई समेत सम्वृद्ध हुन सघाउ पुग्छ । तर एउटा भाषाको शब्द अर्को भाषामा मिसाएर लेख्ने वा बोल्ने गरियो भने दुबै भाषाप्रति अन्याय गरेको ठहर्छ । कुनैं पनि भाषामा लेख्नु वा बोल्नु उत्तिकै आदरयोग्य कुरा हुन् । तर आफुले कसका निमित्त कुन भाषा बोलिरहेको छु भन्ने हरेकले बुझनै पर्छ । भाषाको एकोहोरो प्रयोग हुँदैन, लेख्नेले लेखेर वा बोल्नेले बोलेर मात्र यसको प्रक्रिया पुरा हुँदैन । लेख्ने वा बोल्नेको सुविधामा मात्र यो चल्न सक्दैन । लेखिएको कुरा पढ्नेले पनि सहज मान्नुपर्छ र लेखेर दिन खोजिएको सन्देश त्यसै रूपमा बुझिने हुनुपर्छ । यसैगरी बोल्नेका हकमा पनि यही सिद्धान्त लागु हुन्छ । अझ बोल्नेले हरेक अक्षरको उच्चारणमा ध्यान दिन सक्नुपर्छ । बोलीचालीका आधारमा मानिसको शिक्षा, ज्ञान र शिष्टता झल्किन्छ । अझ सार्वजनिक सञ्चारमा काम गर्नेहरुले प्रयोग गर्ने शब्द, उच्चारण र वाक्य संयोजनले उसको आफ्नो प्रतिष्ठा घटबढ पार्ने मात्र होइन, उसले काम गर्ने संस्थाकै इज्जत तलमाथि पार्ने छ । शब्द प्रयोग, वाक्य बनोट र उच्चारणका आधारमा विद्युतीय सञ्चारमाध्यमको त स्रोता र दर्शकको संख्यामा समेत प्रभाव परिरहेको हुन्छ । यी त भाषासम्बद्ध संवेदनशीलताका कुरा मात्र भए, यस अतिरिक्त शब्द, वाक्य र उच्चारणका कारण फरक हुने सन्देशबाट पर्ने प्रभावको पाटो सानो हुंदैन । सञ्चारमाध्यममा के लेखिन्छ वा के बोलिन्छ भन्ने कुराको अर्थ लेख्नु, भन्नु, बोल्नु र सुन्नुको परिधिभित्र सीमित हुँदैन, त्यसले पार्ने प्रभाव कता हो कता विशाल हुन्छ । त्यसैले विश्वका कुनै पनि देशका कुनै पनि सञ्चारमाध्यममा भाषाप्रतिको संवेदनशिलतालाई विशेष महत्व दिने गरेको पाइन्छ । अंग्रेजी भाषामा लेख्दा वा बोल्दा हामी जसरी लय, ताल, स्वरमा ध्यान दिनुपर्छ नत्र अर्कै अर्थ लाग्छ भन्छौं नेपाली भाषामा पनि त्यस्तै हुन्छ । ह्रस्व, दीर्घ, आकार, उकार, श, ष, स, उ, ऊ, सबैको फरक उच्चारण र अर्थ लाग्छ भन्ने बुझनै पर्छ । यसका लागि पत्रकारितामा प्रवेश गर्नुअघि पश्चिमा जगत्ले दिने पत्रकारिताका सिद्धान्त मात्र होइन, आफुले गर्न लागेको पत्रकारिताको भाषासम्बन्धी गहन अध्ययन पनि गर्नु जरुरी हुन्छ । नेपाली पत्रकारिताका सन्दर्भमा कुरा गर्दा धेरै नेपाली पत्रकारहरुले नेपाली भाषाका गुरुहरुसंग घरैमा गएर पढे पनि लाभदायी नै हुनेछ । के अंग्रेजी वा अरु विदेशी भाषा सिक्न खर्च गरे जस्तो आफ्नै लागि आफ्नै भाषा सिक्नु हुंदैन र ? करोडौं लगानी गरेर स्थापना गरिएका सञ्चार संस्थाहरुले पनि यस क्षेत्रमा अलिकति खर्च गरिदिए फरक पर्दैन । यसले नेपाली भाषाप्रति न्याय गर्ने मात्र होइन, आफ्नै इज्जत पनि बढाउने छ । त्यो गर्न तत्काल सम्भव नभए, स्वर वर्ण र व्यञ्जन वर्णको सही प्रयोग र उच्चारण गर्न पत्रकारले घरमै अभ्यास गरे पनि हुन्छ ।
ठिक्क पारी रा'का छन् रे चुकसँगै नुन
जारी होला समयमै 'नयाँ संविधान ?'
दुई वर्षमै लेखिसक्ने वाचा बिस्र्यौ कि !
हिसाब गर्नै आएन कि, बाँकी कति छन् ?
'संविधान' भन्ने कुरै बुझेनौ कि खोइ !
सोच्नैपर्ने बनायौ नि तिमीले नै झन् ।
कुरा होइन, कामचाहिँ सबले खोजेका ।
आजभोलि भन्दाभन्दै नजिकियो दिन ।
दिनैपिच्छे शंकामात्रै बढिरा'का छन् ।
जनआक्रोस् उसैगरी चुलिएका छन् ।
मुख्य जिम्मेवारीबाट बहलायौ मन् ।
होस पुर्याइ काम गर बाँकी कति छन् ?
'नयाँ नेपाल' बनाउने फुर्ति लगाउँछौं ।
गरेका त के नै छौ र फुर्तिमात्रै हुन् ।
कति धेरै ढुक्क थिए जनता जनार्दन ।
लोप्पा नै पो खुवाउछौं कि चिन्ता बढ्यो झन् ।
बजेट पारित नभा'कोमा चिन्तित देखिन्छौ ।
चिन्ताको त्यो कारण पनि सबले बुझ्याछन् ।
ढिला अझै भा'को छैन भन्छन् सभामुख ।
निराश छैनन् जनता, आशा जीवित छन् ।
कसैप्रति रीस छैन सदभाव नै छन् ।
आक्रोस कति पोखेछ भन्ने ठान्दाहुन् ।
योभन्दा त जनता धेरै आक्रोसित छन् ।
विचार गर गाउँ फिर्ने, छ कि छैन मन ?
आफ्नै भन्न पाउनेखालको बनोस् 'संविधान' ।
धेरै 'तिमीहरु' भन्दा जनता सचेत छन् ।
जनता जागे के होला गर आँकलन ।
ठिक्क पारी रा'का छन् रे चुकसँगै नुन ।